Thursday, February 7, 2013

गजल



रुझेका ति नयन देख्दा, नाचौ म कसो गरी !
रुवाएर तिमीलाई, बाँचौ म कसो गरी !!

आँखा भरि छल्किएका, मोति दाना देख्दा मैले
गह भरि आँशु पारी, साचौ म कसो गरी !!


खुशी संग बाँच तिमि, फुल भइ सजिएर
कोपिला मै बोटलाई, भाचौ म कसो गरी !!


परिबर्तन सबै देख्छन्, हासी खुशी बोले पनि 
बिना रोग  सुखी रा'छु, जाचौ म कसो गरी !!


चोट सही बाँची दिन्छु, सिसा सरि सधै-सधै
टुक्रिएको मुटुलाई, गासौ म कसो गरी !!

No comments:

Post a Comment