Saturday, February 9, 2013

गजल

निम्तो भन्दै बे'को कार्ड, थमाएर गयौ तिमी !
बोल्न  खोज्यौ तर ओठ, कमाएर गयौ तिमी !!


तिमी संग बिताएका, तिता मिठा पलहरु
क्षण भर् मै एकै ठाउ, जमाएर गयौ तिमी !!


बेहुली  झैँ सिंगार्या थ्यो, तिम्रो घर आगनीमा
नदेखे झैँ गरी मलाई, रमाएर गयौ तिमी !!


कन्यादान दिए पछी, "गाउँले"ले देख्दा देख्दै
पराइको  हात आज, समाएर गयौ तिमी !!

१६/०२/२०१२

No comments:

Post a Comment