Friday, March 1, 2013

गजल

सम्झिएर तिमीलाई, रुन्न अब कैले पनि !
रुझाएर मुहारलाई, धुन्न अब कैले पनि !!

आँशु झारी दिन रात, एकान्तमा टोलाएर 
एकोहोरो सम्झनामा, हुन्न अब कैले पनि !!


तिमी संग बिताएका, मिठा-मिठा ति पल सम्झी 
जिन्दगीमा खुशीहरु, बुन्न अब कैले पनि !!

याद आए  मुटु मिची , सजाएको तस्बिरलाई  
तर पनि निष्ठुरीको, छुन्न अब कैले पनि !!


                             २७/०४/२०१२ 




No comments:

Post a Comment