Thursday, March 7, 2013

गजल


दुइ आत्माको मिलानमा, झेल हुन्छ कैले साथी !        
चोखो माया पनि किन, खेल हुन्छ कैले साथी !!


याद किन यति धेरै, छाडी जाने निष्ठुरीको
आँशु बर्षी आँखा भरि, भेल हुन्छ कैले साथी !!



एकान्तमा एकोहोरो, बेहोसीमा डुबे पछी
आफ्नै घरको चार भित्ता, जेल हुन्छ कैले साथी !!


कति राम्रो सुहाएको, जहाँ पनि संगै जाने
चेखेवाको जोडी जस्तो, मेल हुन्छ कैले साथी !!



अभागी कान्छा गाउँले 
तोपगाछी, झापा 




No comments:

Post a Comment