Thursday, March 7, 2013

गजल


आधा बाटो हिडे पछी, माया गर्ने मनहरु !
बाटो मोडी साथ छोडी, डाडाँ तर्ने मनहरु !!


उस्को पनि मनै त हो, दुख्छ बुझी राख जैले
देखावटी झुटो प्रेम, सधै छर्ने मनहरु !!


जाली माया बिक्षाएर, आफ्नो स्वार्थ पुरा गर्न 
पिरतीमा फसाएर, मन हर्ने मनहरु !!


एक्लो पारी छाड्नु रै'छ, साथ दिनु व्यर्थै  किन?
सँगै जिउने बाँच गरि, सँगै मर्ने मनहरु !!


निर्दोश यि  माया माथि, छुरा तिम्ले चलाएर 
मेरै छाती टेकी अन्तै, डेरा सर्ने मनहरु !!

१२/०५/२०१२ 

No comments:

Post a Comment