Sunday, March 10, 2013

गजल


देखाएर हुन्न माया, मनबाट हुन्छ प्रिय !
नबोले'नि मायालुको, मन्को कुरा सुन्छ प्रिय !!


मेरै कोरा कागजमा, माया लेख्न न सके नि 
प्रतिक्षामा बस्दै गर, हजारौले चुन्छ प्रिय !!


देखाएर लेखाएर, झुटो नाता गास्यौ भने 
पछी फेरी मुहारमा, आँशु बर्षी धुन्छ प्रिय !!


देखेकोले हुन्न रै'छ, भाविले नै लेख्नु पर्ने 
त्यसैले त  सबको जोडी, माथिबाटै बुन्छ प्रिय !!


माया गर्ने मान्छेको मन, मार्नलाई बिबस छु !
सम्झिएर मेरो मन, कैले काही रुन्छ प्रिय !!

No comments:

Post a Comment