Saturday, March 2, 2013

गजल

मायामा आधी चले पछी, अनि होस् हराउछ !
आसाको दियो ढले पछी, अनि होस् हराउछ !! १

पराइ संग नदेखे झैँ, मस्त भै मेरै सामु
मायाले सारा छले पछी, अनि होस् हराउछ !! २

सलाई कोरी मुटु माथी, ज्यूनु न मर्नु पारी
तस्बिर पत्र बले पछी, अनि होस् हराउछ !! ३

नसुन्छ या त बुझ्छ केही, भै'गो दिल् अन्धो बैरो
कसैको याद्मा जले पछी, अनि होस् हराउछ !! ४

आखिर ज्युदो लास जस्तो, त्यै याद्मा बाँची रा'छु
शरीर पूर्ण गले पछी, अनि होस् हराउछ !! ५

२६/०२/२०१३
 

No comments:

Post a Comment