Sunday, March 3, 2013

गजल

कस्ले  बुझ्ने प्रेममा, धोका खाइ झर्दाको पिडा !
सबैको सामु अस्विकृत, प्रेम पत्र छर्दाको पिडा !!



कहा भेटिन्छन् सधै, मान्छेले याँ मान्छे सोच्ने
बुझेर किन झर्दैनन आँशु, अरु मर्दाको पिडा !!



दुई अन्तरमन्को समन्ध, अजम्बरी हुन्छ भन्थे
कसले बुझ्ने उन्को सिउदो, अर्कैले भर्दाको पिडा !!



उन्को मेरो जिन्दगी, प्रेम  लाभमा यसरी डुब्यो
थाहा भयो जिन्दगी ऐले, एक्लै ज्युनुको पर्दाको पिडा !!

०७/१४/२०१०

No comments:

Post a Comment