Tuesday, March 5, 2013

गजल


बल्झिएर अतित मेरो, पाटो जिन्दगीको !
कोट्याउदै छु घाउ आज, खाटो जिन्दगीको !!


शहरमा हुर्किएकी, म त गाउँ भित्र
फरक थियो मैले खाने, आटो जिन्दगीको !!


रोप्नेले नै जान्नु पर्ने, फुल फुलाउन
मिल्नु पर्छ पानी गोबर, माटो जिन्दगीको !!


जोडिएर भाग्य रेखा, छुट्यो समन्धको
आज यस्तो कथा बन्यो, लाटो जिन्दगीको !!


पिरतिको खेल मैले, जब बुझे उन्को
छुट्टा छुट्टै भयो अनि, बाटो जिन्दगीको !!

          ०४/०५/२०१२


No comments:

Post a Comment