Wednesday, October 9, 2013

गजल


उ मनाउछ दशैँ, खसी काटेर सधै !
म मनाउछु दशैँ, खुन बेचेर सधै !!

गरीबको झुपडीमा, दिनै चुलो बल्दैन
कसरी मनाउ दशैँ, मैले हासेर सधै !!


बा काट्नु पर्छ खसी, भन्छे बिरामी छोरी
यो दशैमा म छ'दै, आलु देखेर सधै !!

बाल-बच्चा एक छाक, खाए मिठो मानेर
म बाँच्न सक्छु पक्कै, खुशी हेरेर सधै !!

गरिब र धनीमा, यही रै'छ फरक
मन् रुवाउछ अझै, ति दिन् सम्झेर सधै !!
०९/१०/२०१३

अभागी कान्छा "गाउँले"
तोपगाछी, झापा

No comments:

Post a Comment