Tuesday, October 29, 2013

गजल


साबधान अघी नबढ, त्यहाँ जमिन फुट्न सक्छ !
अथाहा जथ्थामा कतै, त्यहाँ गोलि भुट्न सक्छ !!

राजनीतिका कुराहरु, साललाई रहेका छन्
विचार गरेर अघि बढ , तिम्रो लक्ष्य चुक्न सक्छ !!

निर्दोश तिम्रा पाइला, बिचार गरि अघि बढाउ
बम पड्कि तिम्रो शरीर, टुक्रा भइ छुट्न सक्छ !!

गिद्दे नजर तिम्रो यौबनमा, परेका होलान धेरै
होसियार है चेली तिम्रो, इज्जत त्यहाँ लुट्न सक्छन !!

तिम्रो भोगाइहरु धेरै छन्, कस्ले बुझ्ने तिम्रो मर्म
साहसको कदर गर्दै, एकतामा को जुट्न सक्छ !!

११/२७/२००९

No comments:

Post a Comment