Thursday, October 3, 2013

गाउँलेको सवाल गजलमा गाउँले कै जावाफि गजल ( सवाल जवाफ )

जीतु खड्का गाउँलेको सवाल गजलमा
मेरो जवाफ... गजलमा दिने कोसिस

रिसानी माफी चाहान्छु !


            सवाल

सिधा साधा मरे हुन्छ झापालीले भन्यो
मर्दा औठा लुकाउला नि स्याङ्जालीले भन्यो|१|

बिद्या खोज्न काँशी जानु न्याय खोज्न गोर्खा
उखान त सुन्यौ होला गोर्खालीले भन्यो|२|


सपनीमा के देख्यो खै झस्किएर उठ्दै
बाहुन काठो मुर्दावाद मत्वालीले भन्यो |३|

मिठो खाजा दिन्छौ हामी नभुल्नु है हजुर
छुट्न लाग्दा होटलको थकालीले भन्यो|४|

साहित्यका कुरा चल्दा छाती चौडा गर्दै
षडानन्द यही जन्मे दिङ्लालीले भन्यो|५|

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब




                जवाफ


किन आज विरहको, गीत गाए गाउँले ले !
स्याङ्जाली र झापालीलाई, आरोप् लाए गाउँले ले !!

काशी शिक्षा न्याय गोर्खा, कहाँ मिल्छ कलियुगमा
बोलीको भर हुन्न उखान, के बचाए गाउँले ले !!

छुन हुन्न भन्दै थिए दुनियाँको माझ उनी
नछोएरै चम्चा बाट च्वाँचे खाए गाँउले ले !!
च्वाचे सँग लोकल ठर्रा, प्यून सधै पल्के पछी
थकालीको माया मारी, भट्टी धाए गाउँले ले !!

झापा संगै स्याङ्जा पनि, साहित्यमा कमी छैन् !
गजलबाटै जवाफ भने,आज पाए गाउँले ले !!

अभागी कान्छा गाउँले
तोपगाछी, झापा

( जवाफमा तेस्रो शेरमा जीतु शर बाट केहि परिमार्जित गरिएको छ ! )


 

No comments:

Post a Comment