Friday, October 11, 2013

गजल

हाँसो छैन खुशी छैन, पराई भा’को छैन बैनी !
घर फर्की आउने मैले, छुट्टी पा’को छैन बैनी !!
मझेरीमा बसी सधैं, मेरै बाटो हेर्दै हौली
यो बर्ष नि अभागी कान्छा, फर्की आ’को छैन बैनी !!

फुले होलान सयपत्री, मखमली बारी भरि
खुशियाली मन्मा  कैले, एक्लै छा’को छैन बैनी !!
भकानिन्छ सम्झिएर, तिहारमा देउशी ग’को
नवाज पढ्छन यहाँ देउशी, गीत गा’को छैन बैनी !!
दशैँ गयो तिहार आयो, खाली रित्तो निधार भो
बर्षौं बित्यो सप्तरंगी, टिका ला’को छैन बैनी !!
१०/२७/२०११ 

No comments:

Post a Comment