Thursday, October 17, 2013

गजल



रेटेर पो के गर्छौ र, मरेको मान्छे हुँ म ।
दुनियाँको नजरबाट, झरेको मान्छे हुँ म ।।

गन्तब्य विहीन यात्री झैं, क्षितीजपारी एक्लै
आँसु पिई सात समुन्द्र, तरेको मान्छे हुँ म ।।


झुपडीको आस छैन, महलको के कुरा भो
सहनलाई घाम पानीमा, परेको मान्छे हुँ म ।।

नाङ्गो शरीर खुल्ला, आकाश नै हो घर मेरो
उन्को लागि नसुहाएर, सरेको मान्छे हुँ म ।।

न भोक छ न प्यास नै,  दिन रात प्रदेशमा
निस्ठुरिको यादले दिल , हरेको मान्छे हुँ म ।।

११/१२/२०१०



No comments:

Post a Comment