Thursday, October 10, 2013

गजल


नेताहरु भन्दा पनि, जनता बेकार भो !
सयौं जुटे तर पनि, संबिधान भार भो !!


सहमति जनाउदै, कानुन बनाउन
पछि-पछी लागे अनि, आखिरीमा हार भो !!


तमासा देखाउछन्, बालुवाटारमा बादरहरु
बिधान लेख्नेबाटै फेरी, शान्ति करार भो !!


गर्नु छैन गर्ने हैनन्, बादर त परे सबै
कैले यता लड्छन कैले, उता मारामार भो !!


ब्याधाले पक्रिएको, पिंजडाको चरी जस्तै
आफ्नै देश पनि आज, किन कारागार भो !!


दुनियाँलाई देखाउने, हसाउने संचारमा
आज एउटा नेपालमा, यस्तो समाचार भो !! 


१४/०६/२०१२

No comments:

Post a Comment