Monday, June 19, 2017

प्रेम प्रस्ताव ( कथा )

-सुरेश ‘समान’-
प्रेम प्रस्ताव (भाग- १)
 क.
“आइ लभ यु कब्ते!”
“पख मेरो ममीलाई भन्दिन्छु।” कबिताले कालो मुख लाएर धम्की दिइ। मेरो सातोपुत्लो उढ्यो। हतार हतार “हैन हैन आइ हेट यु,आइ हेट यु… नभन्दे है” भने।
एकदिन स्कुल जाँदै गर्दा कब्तेको ममीले साफ झाटिन बाटैमा – “एत्रो फुरौलो जस्त्रो छ, खुब लभ गर्ने हँ? कती किलास पुगिस?”
मैले “क्लास फाएभ” भने बिस्तारै।
“खुब आफुलाई ‘अम्ता बचन’ भन ठान्छेस तेरिमा गुइँठे। हेड्सरलाई भनेर तलाई रेस्टिकेट गरिदिउँ कि अब देखी कब्तेलाई आइ लभ यु भन्दिनस?”
“नाइ अब देखी भन्दिन अन्टी। हेड्सरलाई नभन्दिनोस।” मैले रुन्छे स्वरमा भने।
भोली देखी कब्तेको घरको बाटो छोडेर लामो बाटो स्कुल जान थालें। कब्ते पढाइमा तिखी थि। हरेक बर्ष ‘प्यारेन्टस डे’ मा पुरस्कार थाप्थी। सबैले उस्लाई ‘फस्ट गल’ भन्थे। स्कुलमा कताबाट हो हल्ला फैलिसकेछ। मलाई ‘फस्ट गलको ब्वाइ’ भनेर जिस्काउन थाले। म रिसाइ दिन्थे। ति के चुप लाग्थे-जिस्काइरहे।
त्यस्को पाँच बर्ष न म कब्तेसँग बोलेँ न कब्ते मसँग बोली।

Tuesday, June 21, 2016

गजल

जिबन हलचल गराउदा, मन्दी आएको छ ।
साच्चै अचम्म मन पराउदा, मन्दी आएको छ ।।

गाजालु ती मृग नयन, काला केश राशी
एकोहोरो हेरी हराउदा, मन्दी आएको छ ।।

Tuesday, February 17, 2015

गजल

यो जिन्दगी कसैको, नाममा छ ।
रात दिन अनि सधै, साममा छ ।।

धेरै भन्न बाकी थिए, मन्का कुरा
गुम्सिएका बेनामी यो, खाममा छ ।।

Monday, February 16, 2015

गजल

सोच्दै छु साथ, नपाउदा जे होला ।
बारम्बार याद, नआउदा के होला ।।

कुनै समय, यादले मेरो साथ
बाडुल्की लागि, सताउदा थे होला ।।

Sunday, February 15, 2015

गजल

प्रेमले त्यस्तो, नकाब लिए पछी ।
म बाचु कसरी, तनाब दिए पछी ।।

सकिन्छ बाच्न, जवानिको उर्लदो
प्रेमको उच्च, बहाब सिए पछी ।।