Tuesday, June 21, 2016

गजल

जिबन हलचल गराउदा, मन्दी आएको छ ।
साच्चै अचम्म मन पराउदा, मन्दी आएको छ ।।

गाजालु ती मृग नयन, काला केश राशी
एकोहोरो हेरी हराउदा, मन्दी आएको छ ।।

Tuesday, February 17, 2015

गजल

यो जिन्दगी कसैको, नाममा छ ।
रात दिन अनि सधै, साममा छ ।।

धेरै भन्न बाकी थिए, मन्का कुरा
गुम्सिएका बेनामी यो, खाममा छ ।।

Monday, February 16, 2015

गजल

सोच्दै छु साथ, नपाउदा जे होला ।
बारम्बार याद, नआउदा के होला ।।

कुनै समय, यादले मेरो साथ
बाडुल्की लागि, सताउदा थे होला ।।

Sunday, February 15, 2015

गजल

प्रेमले त्यस्तो, नकाब लिए पछी ।
म बाचु कसरी, तनाब दिए पछी ।।

सकिन्छ बाच्न, जवानिको उर्लदो
प्रेमको उच्च, बहाब सिए पछी ।।

Thursday, February 12, 2015

गजल

ग्रल फ्रेन्ड छाडिन्छ, संबिधान बनेमा !
गधा गाइ देखिन्छ , संबिधान बनेमा !!

खेल यस्तो खेल्छन, बादरहरु सधै
अंकमाल गरिन्छ, संबिधान बनेमा !!