गाउँलेका केहि फुटकर रचनाहरु, भाब-संवेग, केहि तपाईका मन भित्रका कुरा, अनि केहि आफ्नै मनका कुराहरु.....
Monday, December 24, 2018
Sunday, December 23, 2018
Friday, August 4, 2017
Thursday, July 20, 2017
गजल
यसपाली त के के सुन्छु, पराया छ तिम्रो साथमा !
पोहोर साल मेहेन्दी थ्यो, मेरो नामको तिम्रो हातमा !!
झुक्यो नजर पहिलो भेटमा, कसरी म बयान गरौ
संगै हात समाई हिड्दा, जुनेली ति रातमा !!
पोहोर साल मेहेन्दी थ्यो, मेरो नामको तिम्रो हातमा !!
झुक्यो नजर पहिलो भेटमा, कसरी म बयान गरौ
संगै हात समाई हिड्दा, जुनेली ति रातमा !!
Monday, June 19, 2017
प्रेम प्रस्ताव ( कथा )
-सुरेश ‘समान’-
प्रेम प्रस्ताव (भाग- १)
क.“आइ लभ यु कब्ते!”
“पख मेरो ममीलाई भन्दिन्छु।” कबिताले कालो मुख लाएर धम्की दिइ। मेरो सातोपुत्लो उढ्यो। हतार हतार “हैन हैन आइ हेट यु,आइ हेट यु… नभन्दे है” भने।
एकदिन स्कुल जाँदै गर्दा कब्तेको ममीले साफ झाटिन बाटैमा – “एत्रो फुरौलो जस्त्रो छ, खुब लभ गर्ने हँ? कती किलास पुगिस?”
मैले “क्लास फाएभ” भने बिस्तारै।
“खुब आफुलाई ‘अम्ता बचन’ भन ठान्छेस तेरिमा गुइँठे। हेड्सरलाई भनेर तलाई रेस्टिकेट गरिदिउँ कि अब देखी कब्तेलाई आइ लभ यु भन्दिनस?”
“नाइ अब देखी भन्दिन अन्टी। हेड्सरलाई नभन्दिनोस।” मैले रुन्छे स्वरमा भने।
भोली देखी कब्तेको घरको बाटो छोडेर लामो बाटो स्कुल जान थालें। कब्ते पढाइमा तिखी थि। हरेक बर्ष ‘प्यारेन्टस डे’ मा पुरस्कार थाप्थी। सबैले उस्लाई ‘फस्ट गल’ भन्थे। स्कुलमा कताबाट हो हल्ला फैलिसकेछ। मलाई ‘फस्ट गलको ब्वाइ’ भनेर जिस्काउन थाले। म रिसाइ दिन्थे। ति के चुप लाग्थे-जिस्काइरहे।
त्यस्को पाँच बर्ष न म कब्तेसँग बोलेँ न कब्ते मसँग बोली।
Subscribe to:
Posts (Atom)