Wednesday, November 13, 2013

गजल

झर्छन् आँशु सम्झिएर, प्रदेशीए जैले चेली !
के हो दशैं के हो तिहार, एक्लो भा'छु ऐले चेली !!

आउछु भन्थे यसपालि त, एका देशको कथा भो
बिन्ती मेरो नभन्दिनु, सधै ढाटिस तैले चेली !!



बुझी दिनु मर्म मेरो, आज पनि तेस्तै नै छु
बद्लिएको छैन अझै, जस्तो थिए पैले चेली !!

फर्किएर आउदिन म, यस पालिको तिहारमा
ढाट्यो भनि फेरी चित्त, नदुखाएस् कैले चेली !!

खालि निधार बर्षौ बित्यो, गयो दशैँ आयो तिहार
सप्तरंगी टिका अझै, ला'को छैन मैले चेली !!

No comments:

Post a Comment