Wednesday, August 28, 2013

गजल

गोपिनीको रोजाईमा,पर्नु भयो कृष्ण पनि !!
कलियुग लागे पछी, मर्नु भयो कृष्ण पनि !!



चरित्र हिन् मान्छे रे म, कृष्ण चाही आखिर के ?
सोह्र सय गोपिनिमा चर्नु भयो कृष्ण पनि !!




सुन्छु अचेल गोपिनीको, रोजाइमा परे पछी
सुविधामा फेसबुक तिर, झर्नु भयो कृष्ण पनि !!



आफ्नै छोरी बाउ बाट, लुटिएको पढे पछी

फेसबुकबाट स्वर्ग तिर, सर्नु भयो कृष्ण पनि !!


कृष्ण जन्म्या बाटिका नि, नेपाल् जस्तो हुने डरले
कलियुगमा बाँच्नलाई, डर्नु भयो कृष्ण पनि !!


२८/०८/२०१३

अभागी कान्छा "गाउँले"
तोपगाछी, झापा
अचेल, बालुवामा भविष्य खोज्दै..........

No comments:

Post a Comment